जगदम्बा सिमेन्टद्धारा नेपाल प्रहरी प्रधान कार्यालयमा अन्तक्रिया कार्यक्रम सम्पन्न

जगदम्बा सिमेन्टद्धारा नेपाल प्रहरी प्रधान कार्यालयमा अन्तक्रिया कार्यक्रम सम्पन्न

Ashad 28th 2079

निर्माण एक्स्पेर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जगदम्बा सिमेन्टले अषाद २६ गते नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० कार्य दिनको निर्माण प्रविधि तालिम अवधिमा आवश्यक पर्ने सिमेन्ट र यसको सहि प्रयोग गर्ने कार्य विधि र सहि निर्माण मापदण्ड सम्बन्धी विभिन्न सिप र ज्ञान यस जगदम्बा सिमेन्टका प्रविधिकद्धारा अभिमुखिकरण तालिम स्वरुप प्रदान गरियो ।

उक्त कार्यक्रममा कंम्पनीका उप–महाप्रबन्धक सुनिल पौड्याल ज्यूले जगदम्बा सिमेन्टका उद्योगहरु, प्रकार, ब्राण्डहरु, उत्पादन क्षमता, गुणस्तरबारे संक्षिप्त जानकारी दिनुभयो । साथै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको सहि प्रयोग र संरचना निर्माण कार्यहरुमा विशेष ध्यान दिनुपर्ने जानकारी श्रव्य दृश्यद्धारा प्रस्तुत गर्नु भयो ।

उक्त कार्यक्रममा वरिष्ठ इन्जिनियर कुशल काफ्ले ज्यूले जगदम्बा कंक्रीटोका उद्योग तथा यस उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका टाइल्स्, पेभर, ब्रिक, ब्लक, कब्र्सबारे बिस्तृत जानकारी प्रस्तुत गर्नुभयो । साथै प्रहरी साथीहरुका प्रश्न र जिज्ञासाहरुलाई पनि उहाँले प्रस्ट गर्नुभयो ।
कंम्पनीका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल ज्यूले यस्ता कार्यक्रमहरु निरन्तर गराउने प्रतिबद्धता जनाउदै, कार्यक्रमका इन्चार्जले जगदम्बा सिमेन्ट टिमलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गर्नुभयो ।

Jagadamba Support

HOW MAY WE ASSIST YOU?