Falgun 17th 2077
नेपालकै पुरानो सिमेन्ट उद्योग जगदम्बा सिमेन्टले सोमबार मेलम्चीमा निर्माण व्यवसायि तथा सरोकारवाला हरुसंग भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेलम्ची क्षेत्रमा जगदम्बाको आधिकारीक बिक्रेता श्रीदेवी ट्रेड एण्ड सप्लायर्सको संयोजन र जगदम्बा सिमेन्ट उद्योगका आयोजना सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जगदम्बा सिमेन्टका बरिष्ठ बिक्री प्रबन्धक नवराज भुर्तेल तथा बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले जगदम्बा सिमेन्ट को गुणस्तरीयता तथा प्रयोग पछिको फाइदाको बिषयमा चर्चा गर्नुभएको थियो भने कंम्पनीका इन्जिनीयर कुशल काफ्लेले सहभागि निर्माण व्यवसायिको जिज्ञासा तथा सिमेन्ट निर्माण प्रक्रियाको बारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जित बहादुर कार्कीले निर्माण व्यवसायिहरुमा ओ.पि.सि. सिमेन्ट र पिपिसि सिमेन्ट प्रयोगमा गलत बुझाई रहेकोप्रति ध्यानाकर्षण गराउनु भएको थियो । सिमेन्ट प्रयोगमा ठाउँ अनुसार फरकपर्ने र जुनै सिमेन्ट प्रयोग भएपनि त्यसको सेट हुन लाग्ने समयमा निर्भर गर्ने र भारवहन क्षमतामा फरक नपर्ने बताउनुभयो । कार्यक्रममा जगदम्बा सिमेन्टले सहभागिहरुलाई प्रश्नोत्तरमा सहभागि गराउँदै बिभिन्न पुरस्कार समेत प्रदान गरेको थियो ।
मेलम्ची नगरपालिका र जगदम्बा सिमेन्ट विच सामाजिक सुरक्षामा सहकार्य गर्ने बिषयमा छलफल
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल ,उपप्रमुख भगवती नेपाल तथा जगदम्बा सिमेन्टका ब्रान्ड म्यानेजर जगन्नाथ दाहाल र सेल्स म्यानेजर नवराज भुर्तेल बिच सामाजिक सुरक्षामा सहकार्य गर्ने बिषयमा छलफल भएको छ । सोमबार विशेष भेटघाट कार्यक्रममा सिमेन्टका तर्फबाट नगरपालिकालाई स्वस्थ्य सामग्री कीट तथा शुद्ध पानीको लागी वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्कीले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख डम्बर अर्यालले सहकाय र सहयोगका लागि धन्यवाद दिँदै संस्थागत सामाजिक उत्तरदायित्व सबैले बुझ्ने र पूरा गर्ने हो भने राष्ट्र समृद्ध हुन धेरै समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो ।
Jagadamba Support