जगदम्बा सिमेन्टको जनचेतना कार्यक्रम

जगदम्बा सिमेन्टको जनचेतना कार्यक्रम

Falgun 16th 2076

सानो असवधानीले सडक दुर्घटनाबाट बर्षेनी ठुलो धनजनको क्षती भइरहेको परिपक्षेमा जगदम्बा सिमेन्टले सचेतनाका हिसावले सामाजिक उत्तरदायित्व बहन गर्दै “तपाईको जीवन सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको” भन्ने मुलनारा लिई नेपालका विभिन्न शहरहरुमा गई सो क्षेत्रका ट्राफिक प्रहरीको सहकार्य र समन्वयमा हेल्मेट वितरण गर्ने क्रममा यहि माघ १३ गते भैरहवा र बुटवल क्षेत्रमा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष श्री कुल प्रसाद न्यौपाने, उपाध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठ , नेपाल ट्राफिक प्रहरी रुपन्देही जिल्लाका प्रहरी निरिक्षक महेश बस्नेत को उपस्थितिमा २०० भन्दा बढी हेल्मेट वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा जगदम्बा सिमेन्टका च्यानल पार्टनहरुले दुई पाङ्गे (मोटर साईकल तथा स्कुटर) चालकहरुलाई हेल्मेट लगाइ दिई सडक दुर्घटनाबाट बच्न अनिवार्य हेल्मेटको प्रयोग गर्नुपर्ने जानकारी समेत दिएका थिए ।

कम्पनीका तर्फबाट जगदम्बा सिमेन्टका बरिष्ठ महाप्रबन्धक श्री विदुर ढुङ्गाना ज्यूले सामाजिक उत्तरदायित्व वहन गर्दे देश ब्यपी रुपमा यो अभियान संचालन भैरहेको जानकारी गराउनु भएको थियो । थप यस्ता सामाजिक कार्यहरु अझपनी रहेको र देशब्यापी रुपमै गर्दै जाने कुरा जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दहालले बताउनु भयो ।

Jagadamba Support

HOW MAY WE ASSIST YOU?