जग्दम्बा सिमेन्टद्वारा निर्माणबिज्ञहरुसँग विशेष भेटघाट

जग्दम्बा सिमेन्टद्वारा निर्माणबिज्ञहरुसँग विशेष भेटघाट

Baishakh 13th 2078

निर्माण Expert हरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जग्दम्बा सिमेन्टले चैत ५ गते चरिकोटमा ४५ भन्दा धरै निर्माणकर्र्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायतसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“तपाईको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको” भन्ने मूल नारालाई आत्मसाथ गर्दै संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रष्ट पार्नु भयो ।

विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उप महाप्रबन्धक यवम् इन्जिनियर सुनिल पौडेलले बताउनु भयो । भूकम्प प्रतिरोधात्मक निर्माण विधी हाम्रो जस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको छ भन्ने कुरा प्रष्ट पार्दै यस्ता जन चेतनामूलक नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक मधुर रिजालले बताउनु भयो ।

Jagadamba Support

HOW MAY WE ASSIST YOU?