Falgun 23th 2078
नेपालको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्यको एक मानिने जगदम्बा सिमेन्ट इन्डष्ट्रिज प्रा. लि. को स्थापना सन् २००१ मा भएको हो । उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग, क्लोज सर्किट मिल, आधुनिक उपकरण र बिश्वस्तरीय ख्च्ः प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै यस कम्पनीले देशको आवश्यकता परा गर्दै अइरहेको छ । विगत २ दशक देखि निर्माण जगतमा गुणस्तरिय सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको जगदम्बा सिमेन्टले आफ्नो इएऋ व्राण्डमा नेपाल गुणस्तरबाट लागु गरिएको ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्न गुणस्तरका सम्पूर्ण मापदण्ड पुरा गरी नेपाल गुणस्तर तथा नाँपतौल विभागबाट ल्क् व्राण्डमा ५७२ को प्रमाण पत्र प्राप्त गरिसकेछ छ ।
साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसि) लाई २८ दिनमा आउने भारवहान क्षमताको आधारमा वर्गिकरण गरिन्छ ।
१) ३३ ग्रेडको ओपिसिः– २८ दिनमा न्यूनतम ३३ कम्प्रेसिभ क्षमता (वल) ९घघ ःएब्० प्राप्त हुने ओपिसि सिमेन्ट हो । यो सामान्य खालका संरचनाहरुमा प्रयोग हुन्छ, जसको भारवाहान क्षमता अहिले बजारमा पाउने पि.पि.सि र पि.एस.सि सिमेन्ट बराबर नै हुन्छ । नेपाल गुणस्तर अनुरुप, अहिले बजारमा सिमेन्टको बोरामा आ.पि.सि मात्र लेखेको बोराहरु ३३ ग्रेड मान्यता पाएका सिमेन्टहरु छन् ।
२) ४३ गे्रडको ओपिसि ः– २८ दिनमा न्यूनतम ४३ कम्प्रोसिभ क्षमता ९द्धघ ःएब्० प्राप्त हुने सिमेन्ट हो । यो विभिन्न सामान्य देखि विशेष खालका कंक्रिट संरचना निर्माणमा प्रयोग हुन्छ । यस्ता सिमेन्ट घर , अपार्टमेन्ट, जलविद्युत, पुल, बाटो हरेक प्रकारका निर्माणमा उपयोगी हुन्छ । यसको कम्प्रेसिभ क्षमता ३ दिनमा द्दघ ःएब्, ७ दिनमा –घघ ःएब् र २८ दिनमा द्धघ ःएब् न्यूनतम रुपमा हुनुपर्दछ । अहिले वजारमा नेपाल गुणस्तर अनुरुप ४३ गे्रडका सिमेन्टको बोरामा ४३ गे्रड ओपिसि भनेर लेखिएको हुन्छ ।
३) ५३ गे्रडको ओपिसि ः– २८ दिनमा न्यूनतम ५३ कम्पे्रसिभ क्षमता ९छघ ःएब्० प्राप्त हुने सिमेन्ट हो । यो विशेष संरचना, जहाँ छोटो समयमा धेरै कम्प्रेसिस क्षमता चाहिने संरचनामा प्रयोग हुन्छ । जस्तै प्रि स्ट्रेस्ड कंक्रिट, सिमेन्ट ग्राउटस, पुल, विद्युत गृह निर्माण, वहु तल्ला भवन, कंक्रिटमा घछ ःएब् भन्दा बढी भारवाहन क्षमता चाहिने संरचनाहरु आदि । यसमा ३ दिनमा २७, ७ दिनमा ३७ र २८ दिनमा न्यूनतम छघ ःएब् क्षमता हुनुपर्दछ । अहिले नेपाली बजारमा नेपाल गुणस्तर अनुरुप ५३ गे्रडको सिमेन्टको बोरामा ५३ ग्रेड ओपिसि भनेर लेखिएको हुन्छ ।
यसरी ३३, ४३ र ५३ गे्रडका सिमेन्ट, यसले २८ दिनमा कुनै पनि संरचनालाई थेग्न सक्ने शक्तिको आधारमा वर्गिकरण गरिएका छन् । जति धेरै बढी ग्रेडको सिमेन्ट भयो त्यतिनै छोटो समयमा धेरै क्षमताको शक्ति तथा सिर्जना हुन्छ । बढी गे्रडका सिमेन्ट प्रयोग गर्दा बढी ताप ९ज्भबत या ज्थमचबतष्यल० उत्पन्न हुनाले कंक्रिटिङ्ग संगै क्यूरिङ्ग (पानीले भिजाउने) कार्यलाई पनि विशेष ध्यान दिनु पर्छ । सिमेन्टको गे्रड अनुरुप बजार मूल्य पनि फरक हुन्छन् ।
जगदम्बा सिमेन्टले उच्चस्तरीय ४३ र ५३ ग्रेड ओ.पी.सी, पी.पी.सी. र पी.एस.सी. सिमेन्ट उत्पादन र वितरण गर्दै आफ्ना मूल्यवान ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै अइरहेको छ । जगदम्बा सिमेन्ट क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ र भ्ःक् ज्ञद्धण्ण्ज्ञस्द्दण्ज्ञछ प्रमाणित कम्पनीका साथै ३ वर्ष सम्म (२०१४, २०१५ र २०१९ मा) लगातार नेपाल गुणस्तर अवार्डबाट सम्मानित रहेको छ । जगदम्बा सिमेन्ट ल्क् द्धढ, ल्क् घडद्ध, ल्क् घडछ र ल्क् छठद्द का साथै रुपन्देही उद्योग संघद्धारा पनि उत्कृष्ट उद्योग २०७३ र २०७५ ले सम्मानित छ ।
Jagadamba Support